काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्माले बिहान ११ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् । पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्री बनाएका छन् ।
यस्तै ओलीले चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठलाई बिदाइ गरेका छन् । यस्तै राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि बिदा भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ मंसिर २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूमि सम्बन्धी अधिकार उपभोग गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे