प्रदेश सांसद र  विरगंज महानगरपालिका कमिटिका अध्यक्षबीच हातपात

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १२ : २६
प्रदेश सांसद र  विरगंज महानगरपालिका कमिटिका अध्यक्षबीच हातपात

विरगंज । नेपाली कांग्रेस पर्साका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र विरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवारबीच हातपात भएको छ ।

विरगंजस्थित नगर सभा गृह टाउन हल सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेताबीच हातपात भएको हो । विरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवारबीच भना-भन भएपछि कुट्पिट भएको प्रत्यक्षदर्शीले बताए ।

विरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका शर्माको उपचार वीरगंजस्थित नारायणी अस्पतालमा चालिएको छ भने टाउन हलका संचालक समेत रहेका कलवार पनि नारायणी अस्पतालको इमर्जेन्सी वर्डमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस