लहानबाट चोरी भएको नेपाल आयल निगमको ट्याङ्कर धनुषामा फेला

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, ११ : ५०
लहानबाट चोरी भएको नेपाल आयल निगमको ट्याङ्कर धनुषामा फेला

फाइल फोटो

सिरहा । सिरहाको लहानबाट चोरीभएको नेपाल आयलनिगमको तेलबोकेको ट्याङ्कर  धनुषामा फेला परेको छ । 
नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट २० किलोलिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लहानबाट सोमबार राति १२ बजे चालक र सहचालकलाई नियन्त्रणमा लिएर चोरी गरेको थियो ।
तेल खाली भएको अवस्थामा सो ट्याङ्कर आज बुधबार विहान धनुषाको रमदैया भवाडेमा फेला परेको प्रहरीले जनााएको छ । ट्याङ्करमा कोही नभएको र धेरैवेरदेखि वेवारिसे अवस्थामा रहेको देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको जनाएको छ । यसवारे अझै अनुसन्धान जारी रहेको प्रहरीको भनाई रहेको छ । 

अमलेखगन्ज डिपोबाट ल्याईरहेको डिजेल सहितको ट्याङ्कर लहान हुलाक कार्यालय अगाडी रोकी आराम राखेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक र सहचालकलाई नियन्त्रणमा लिई ट्याङ्कर लगेको नेपाल ट्याङ्क व्यवसायी महासंघका केन्द्रिय सदस्य रामसगुन यादवले जानकारी दिए ।

विराटनगर ४ का चालक रामदेव यादव र सह–चालक करिव १९ वर्षिय उमेश यादव  लाई बर्दिवासको जंगलमा छोडेको उनले जनाए । उनलेभने, ‘चालक र सहचालक भेटिसकिएको छ, प्रहरीले बाँकी अनुसन्धानको काम गरिरहेको छ ।’ प्रहरीले पनि खोजी रहेको र महासंघले पनि खोजीकार्य जारी राखेको यादवले जनाए ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उमाप्रसाद चतुर्वेदीले ट्याङ्कर हराएकोले त्यसको खोजी र अनुसन्धान भईरहेको जनाए । उनले सवैकुरा अहिले नै बताउन सक्ने अवस्था नरहेको भन्दै अनुसन्धान भईरहेको सम्ममात्र भन्न सकिने जनाए ।
ट्याङ्क सिरहा धनगढीमाई नपा ४ का उग्रचण्डि पेट्रोल पम्पका चालक राजेश गुप्ताको रहेको बताईको छ । 

अहिले नेपालको तुलनामा भारतीय बजारमा डिजेल/पेट्रोलको मूल्य बढी भएकाले त्यता लगेर बेच्नेप्रकृया बढेको बन्दै यो पनि त्यसै लगेर बेचेको एक सुत्रले जनाएको छ । उनका अनुसार सिरहाको बडियारपट्टिनाकाहुँदै भारत पुर्याएर तेलवेचेर ट्याङ्कर फर्किरहेको अवस्थामा पोल खुलेकाले घटना गोप्य राखेको जनाएको छ । 
यता ट्याङ्कर व्यसायीहरुले भने ट्याङ्कर भारत नछिरेको भन्दै नेपालमै रहेको दावा गरेको छ ।

प्रतिक्रिया दिनुहोस