चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ अमेरिकाको सान फ्रान्सिस्कोमा

नेपाल र अमेरिका भरिकै नेपाली कलाकारहरु एकै ठाउँमा

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १० : ०९
चौथो  ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ अमेरिकाको सान फ्रान्सिस्कोमा

काठमाडौं । भिजिट नेपाल २०२० को प्रचारप्रसार र पर्यटकिय गन्तव्यको रुपमा नेपाललाई विकास गर्ने उद्येश्यका साथ ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ ।

नोभेम्बेर ३० तारिखमा अवार्ड कार्यक्रम हुने र दोश्रो दिन नेपाल डे परेड हुनेछ । नेपाली फिल्मको बजार प्रबद्र्धनसंगै नेपाली फिल्मकर्मीहरुलाई सम्मान र अमेरिकी डायस्पोरामा नेपालको प्रबद्र्धन गर्न अवार्ड कार्यक्रम अमेरिकामा आयोजना गर्न थालिएको हो । कलाकारहरुलाई पुरस्कार र प्रोत्साहनका साथै उनीहरु बिच पुर्नमिलन पनि कार्यक्रमको आकर्षण रहनेछ् ।  

उक्त अवार्ड कार्यक्रममा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट गएका कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने छ । ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका यज्ञलाल श्रेष्ठले बताए । कार्यक्रको तयारी तीव्र रुपमा भईरहेको र नेपालबाट आउने  कलाकारहरुको सुनिश्चितता पनि बढदै गइरहेकाले कार्यक्रम भव्य बनाउन आयोजक संस्थाहरु लागिपरेका छन् ।बर्कलीको युसी थिएटरमा हुने ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ पहिलो पटक हुन अमेरिकामा हुने गईरहेको र कार्यक्रममा नेपालबाट सुप्रसिद नायक नायिका निर्माता तथा कलाकारहरुको बाक्लो उपस्थिती रहनेछ ।

नेपालबाट  महानायक राजेश हमाल, शिव श्रेष्ठ, भुवन केशी, अनमोल केसी, बरिष्ठ कलाकार निर शाह, नायिका केकी अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, शैलेन्द्र सिम्खडा, वरिष्ठ गायक शम्भुजित बाँस्कोटा, गायिका अन्जु पन्त,  कलाकार तथा निर्देशक दिपाश्री निरौलाको उपस्थिती सुनिश्चित भईसकेको छ । कार्यक्रममा भरपुर मनोरञ्जन सामग्रीहरु हुनेछन, गायन, नृत्य र कमेडी अवार्डको मुख्य आकर्षणको रुपमा रहनेछन् । सोही कार्यक्रममा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले पनि अभिनय कला प्रदर्शन गर्नेछन् ।  

७ सय सिट क्षमता भएको हलमा हुने कार्यक्रमको तयारी र टिकट बिक्री पनि तिब्र बनाइएको छ । अवार्ड कार्यक्रमबाट हुने मुनाफा भने स्थानिय बे एरियामा निर्माणको क्रममा रहेको सामुदायिक भवन केन्द्रलाई सहयोग गरिनेछ । कार्यक्रम सफल बनाउन स्थानिय बे एरियाका सम्पुर्ण संघसंस्थाहरु, सामाजिक अगुवा, अभियन्ता र युवाहरु एकजुट भएर लागेका छन ।

फिल्म अवार्ड कार्यक्रमको एलएलसी युसए, नेपाल फिल्म सोसाइटी, गोल्डेन स्टेट मुभी मेकर, एलएलसी युसए, मुख्य आयोजक हुन भने हिमालयन फाउन्डेसन कोर्प र ८८४८ मिडिया हाउस एलएलसी सह आयोजक रहेका छन । 

प्रतिक्रिया दिनुहोस