काठमाडौँ । प्रहरीलाई ५० हजार घुस दिन खोज्ने एक होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जवाट खटिएको प्रहरीलाई दिन खोज्ने उदयपुरगढी गाउँपालिका ८ घर भई हाल टोखा बस्ने ४० वर्षीया सोम माया राईलाई पक्राउ गरेको हो ।
टोखा नगरपालिका ५ बसुन्धरा स्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसमा अवैध गतिविधि हुने सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई उनले घुस दिन खोजेकी थिइन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले प्रहरी टोलीलाई नगद ५० हजार घुस दिन खोजेपछि उनलाई पक्राउ गरिएको बताए ।
उनलाई कानुनी कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, ०६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ