काठमाडौँ । प्रहरीलाई ५० हजार घुस दिन खोज्ने एक होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जवाट खटिएको प्रहरीलाई दिन खोज्ने उदयपुरगढी गाउँपालिका ८ घर भई हाल टोखा बस्ने ४० वर्षीया सोम माया राईलाई पक्राउ गरेको हो ।
टोखा नगरपालिका ५ बसुन्धरा स्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसमा अवैध गतिविधि हुने सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई उनले घुस दिन खोजेकी थिइन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले प्रहरी टोलीलाई नगद ५० हजार घुस दिन खोजेपछि उनलाई पक्राउ गरिएको बताए ।
उनलाई कानुनी कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, ०६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
नवलपरासीमा घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ