बैतडी । मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।
शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिनुभयो । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको आज घरमै मृत्यु भएको हो । मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् । उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको महादेवस्थान स्वास्थ्य चौकीका अहेव राधिका कुँवरले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु
मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु
असोज १७ पछिको विपदमा परेर ५३ जनाको मृत्यु
खोलामा डुबेर १८ वर्षे युवकको मृत्यु
माटोको ढिस्को खस्दा पुरिएर ४ जनाको मृत्यु