‘चलचित्रको एउटै दृश्यको खर्च २० देखि ९० करोड’

एजेन्सी

मंगलबार, ०३ मंसिर २०७६, १३ : ४७
‘चलचित्रको एउटै दृश्यको खर्च २० देखि ९० करोड’

मुम्बई । चलचित्रको एउटा दृश्यका लागि २० देखि ९० करोड रुपैंया खर्च भएको सुन्दा अपत्यार लाग्न सक्छ । तर बलिउडमा आउदैं गरेको केही चलचित्रहरुका एउटै दृश्यहरु भने यति महंगो लगानीमा निर्माण भईरहेका छन् जसले हलिउड पछिको धेरै लगानीमा निर्माण हुने बलिउडका चलचित्रहरु मध्ये ईतिहास रच्नेछ ।  

रणवीर कपूर र आलिया भट्टद्धारा अभिनित आउदै गरेको चलचित्र ‘बह्मास्त्र’ अहिले सम्मकै सबैभन्दा महंगो चलचित्र भनेर प्रचार गरिएको छ । बलिउड अहिले यति उचाईमा पुगेको छ, जहाँ एक दृष्यका लागि २० देखि ९० करोड रुपैयाँसम्म खर्च भइरहेका छन् । चलचित्र ‘साहो’ मा प्रभासले एक एक्सन दृष्यको लागि ३७ कार र ५ वटा ट्रक तोडेका छन त्यो दृश्यका लागि ९० करोड रुपैयाँ खर्च भएको थियो ।

यस्तै तीन ठूला स्टार अभिनित चलचित्र ‘ट्रिपल आर’ पनि महंगो चलचित्र मध्ये एक हुँदैछ । यो चलचित्रमा अजय देवगण, राम चरण र जूनियर एनटीआर अभिनय गर्दैछन ्। यो चलचित्रको बजेट ४०० करोड छ । इतिहासको कहानीमा बन्न लागेको यो चलचित्रको इन्ट्रि सिनका लागि ४० करोड रुपैयाँ खर्च हुनेछ । रोबट चलचित्रको सिक्वेल २.० लाई कसले बिर्सन सक्छ र ?

अक्षय कुमार र रजनीकान्तको लडाईको दृष्यका लागि २० करोड रुपैयाँ खर्च भइरहेको छ । प्राइम फोकस र रेड चिल्ली, जहाँ हलिउडको चलचित्रको पनि काम हुन्छ । विशेषगरी हलिउड चलचित्रको भिएफएक्सको कामको लागि प्राइम फोकस इन्डिया चर्चित छ । चलचित्र निर्माता आनन्द पण्डितका अनुसार उनको प्रोडक्सन हाउसको चलचित्र ‘टोटल धमाल’ को कुल बजेट १०८ करोड रुपैयाँको थियो । चलचित्रको धेरै दृश्य मुम्बईमा छायाँकन भएको हो । तर केही दृष्यको लागि चलचित्र टोली आबुधाबी र लण्डन सम्म पुगेको थियो । 

यो चलचित्र हेरेर कसैले पनि भन्न सक्दैन यो चलचित्र मुम्बईमा नै छायाकंन गरिएको हो । कूल १०८ करोडमा २२ करोड रुपैयाँ मात्र ‘स्पेशल इफेक्ट्स’ को लागि खर्च गरिएको थियो  । १ सय २५ करोड रुपैयाँको लागत भएको चलचित्र ‘रावण’ ले भिएफएक्स र कस्ट्यूमको कारणले महंगो भएको थियो ।

यस चलचित्रमा एक करोड रुपैयाँ त मात्र शाहरुख खानको कपडाको लागि मात्र खर्च भएको थियो । बाहुबली–२ को क्लाइमेक्सको लागि ३० करोड रुपैयाँ खर्च भएको थियो ।  भारतमा भिएफएक्सको लागि चर्चित ७० प्रतिशत चलचित्रमा कमाल देखाउने चलचित्रमा प्राइम फोकस इन्डियाको बिजनेश छ । प्राइम फोकसका मालिक नीरज संघीया भन्छन, दश वर्षमा भिएफएक्सको व्यापार ३०० प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस