बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन् ।
गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो । सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो ।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्ममा २१ लाई नियन्त्रणमा लिएर अनुसन्धान गसिसकेको र थप अनसन्धानको काम जारी रहेकोे जनाएको छ । सापकोटाका अनुसार अहिलेसम्ममा दुई पटक केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सो ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको घरभित्रै शव भेटिएको थियो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या