काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीलाई रात्री भोज दिदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका पुगेका छन् । मुख्यमन्त्री भएपछि विदेश कतै ननिस्किएका राउत यो पटक भने एक साता लामो भ्रमणका लागि अमेरिका पुगेका हुन् ।
गत वर्ष पनि अमेरिका जान खोज्दा उनको भ्रमणलाई केन्द्र सरकारले रोक लगाईदिएको थियो । त्यसयता उनी कही कतै पनि विदेश भ्रमणमा निस्केका थिएनन ।यो पटक भने उनको अमेरिका भ्रमणलाई सरकारले अनुमति दिएको थियो । गत सोमबार जनकपुरमै रहेको आफनो सरकारी निवास मधेस भवनमा नेपालका लागि अमेरिकी राजदुत वेरीलाई बोलाएर उनले रात्री भोज दिएका थिए । अघिल्लो रात रात्री भोज दिएका मुख्यमन्त्री राउत भोलिपल्टै अमेरिका भ्रमणका लागि जनकपुरबाट हिडेका थिए ।
उनी प्रदेश २ कै मुख्य न्यायधिवक्ता दीपेन्द्र झालाई साथमा लिएर अमेरिका उडेका हुन् । भोली वुधबार मात्रै उनी स्वदेश फर्किने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ । गत वर्ष अमेरिका भ्रमणमा जान लाग्दा सरकारले उनको भ्रमणलाई रोक लगाईदिएको थियो । मधेसी एसोसिएसन अफ अमेरिकाको निमन्त्रणमा त्यसबेला उनी अमेरिका जाने तयारीमा थिए । अहिले संयोग यस्तो परेको छ की, गत वर्षको मंसिरमै अमेरिका उड्न रोकिएका मुख्यमन्त्री राउत यसवर्ष पनि मंसिरमै अमेरिका उडेका छन् ।
अहिले उनी अमेरिकन मोक तराई एसोसिएसन (आनटा)को निमन्त्रणामा अमेरिका पुगेका हुन् । त्यहाँ पुगेर उनले सिकागोमा आनटाको पाचौं साधारण सभालाई शनिवार सम्बोधन गरेका थिए । आनटा अमेरिकमा बस्ने नेपालका मधेसी तराईवासीको सस्था हो । यही कार्यक्रममा छुटै रुपमा मुस्लिम आयोगका अध्यक्ष सलिम अन्सारी पनि सहभागी थिए ।
राउतले अन्य प्रदेशका मुख्यमन्त्री विदेश भ्रमणमा पटके जसरी धेरै पटक जादा समेत केन्द्र सरकारले वास्ता नगरेको र आफुलाई गिद्दे नजरले हेर्ने गरेको भन्दै सार्वजनिक असंतुष्टि जनाईरहेका थिए । यसपटक उनको भ्रमणका विषयमा सरकारले कुनै रोकतोक नलगाई अनुमति दिएको थियो । त्यसबेला मधेस स्वतन्त्र हुनुपर्ने माग गदै विखन्डनको नारा लगाईरहेका सिके राउत निकट संस्थाले मुख्यमन्त्री राउतलाई निम्तो गरेकोले रोक लगाएको सरकारको भनाई थियो । अहिले राउत समेत विखन्डनको नारा छोडेर मुलधारको राजनीतिमा प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ मंसिर २०७६, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव