पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय

सफल खबर संवाददाता

सोमबार, ०२ मंसिर २०७६, १८ : २२
पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । पुनरावेदनको फैसला उल्टाउँदै सर्वोच्चले यस्तो निर्णय सुनाएको हो । सर्वोच्चले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसला गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उनीहरूलाई ११ वर्ष कैद सजाय र बोहोरालाई क्षतिपूर्तिको फैसला गरेको हो । बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको हो ।

२०६८ चैतमा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन् । त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस