कुन–कुन मन्त्री पर्दैछन डेन्जर जोनमा ?

आजै नयाँ मन्त्रीमण्डल गठन हुने सम्भावना

सफल खबर संवाददाता

सोमबार, ०२ मंसिर २०७६, ०९ : ३१
कुन–कुन मन्त्री पर्दैछन डेन्जर जोनमा ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मन्त्रीमण्डल पूर्नगठनको म्यान्डेट पार्टी सचिवालय बैठकले दिएपछि केही मन्त्रीहरुको पद धरापमा परेको छ ।

श्रोतका अनुसार सोमबाट (आज) ति मन्त्रीहरुले मन्त्रीका हैसियतमा अन्तिम जिम्मेवारी सम्हाल्नेछन् । ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा फालिने र नयाँ नियुक्त हुने मन्त्रीका विषयमा आजै छलफल गरी अन्तिम टुंगो लगाएपछि मन्त्रीमण्डल पूर्नगठन हुनेछ ।

मंगलबार सम्ममा मन्त्रीमण्डल पूर्नगठन हुने सम्भावना बलियो बनेर गएको छ । मन्त्रीमण्डल हेरफेरको चर्चा लामो समयदेखि चलेपनि प्रधानमन्त्री ओलीले त्यस्तो कदम नचालिहालेका कारण अहिलेका कतिपय मन्त्रीले समेत काम देखाउन नसकेको र यसले नकारात्मक सन्देश मात्र दिएको भन्दै सचिवालय सदस्यहरुले फेर्ने हो भने छिटो गर्न प्रधानमन्त्रीलाई सचिवालय बैठकमा सुझाएका थिए ।

सचिवालय सदस्य सम्मले पूर्नगठनको अधिकार प्रधानमन्त्रीलाई नै दिएपछि ओली यस विषयमा गम्भिर छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र आफु निकटस्थ्य नेताहरुसँग उनले यो विषयमा वारम्वार छलफल गरेका छन् ।

आजको छलफलले निर्णायक रुप लिएपछि मन्त्रीमण्डल पूर्नगठन हुनेछ । ओलीले कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै कम्तीमा ६ देखि ९ जना सम्म मन्त्रीलाई हटाउने र नयाँ मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन् ।

डेन्जर जोनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, खेलकुदमन्त्री जगतवहादुर विश्वकर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापामगर, कृषि मन्त्री चक्रपाणि खनाल लगायत छन् । पूर्व माओवादीबाट ३ जना र अन्य फालिनेमा पूर्व एमाले तर्फका मन्त्रीहरु पर्नेछन् ।

पूर्व समुहका कति मन्त्री फालिन्छन्, त्यक्ति नै संख्यामा नयाँ मन्त्रिमण्डलमा सहभागी गराउने दुई अध्यक्षका बीचमा समझदारी बनेको छ । नयाँ मन्त्रीका रुपमा सुरेन्द्र्र पाण्डे, घनश्याम भुषाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश वस्नेत, पार्वती गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुुनुवार, गणेश ठगुन्ना, जर्नादन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुषाल अग्निप्रसाद सापकोटा, लेखराज भटट, प्रभु साह लगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस