नाईट क्लबमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले गरे डान्स

सफल खबर संवाददाता

सोमबार, ०२ मंसिर २०७६, ०९ : १६
नाईट क्लबमा पुगेर  पूर्वराजा ज्ञानेन्द्रले गरे डान्स

काठमाडौँ ।  विदेश र देशका विभिन्न स्थानमा रहेका मन्दिरहरुको दर्शन गर्ने र बाँकी समय नागार्जुन र निर्मल निवासमै आराम गरेर बिताउने गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

उनी ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेर डान्स गरेको भिडियो भाइरल बनेको हो । परिवारका सदस्यसहित  नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् ।

नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । नाइटक्लबमा पूर्वराजा ज्ञानेन्द्रसहित बुहारी हिमानी, छोरी प्रेरणा पनि देखिएका छन् । पारस भने एक युवतीसँग राजधानी बाहिर घुमघाममा रहेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस