काठमाडौँ । मुग्लिन निवासी नेपाल सेनाका जवान राम कँडेको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको छ । चितवनस्थित अस्थाई प्रहरी पोष्ट फिस्लिङको हिरासतमा कँडेलको मृत्यु भएको हो ।
इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसँग कँडेलको सामान्य विवाद भएपछि उनलाई फिस्लिङको कार्यालय भित्र लगिएको थियो ।
कँडेलको प्रहरी जवान ढकालसँग हात हालाहाल समेत भएको र त्यसपछि जवान ठाकुरले प्रहरी पोस्ट भित्र लिएर गएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोस्टभित्र गएपछि कँडेल शौचालय गएको र लामो समयसम्म नआएपछि हेर्न जाँदा प्रहरी भवनको दुई तला माथिबाट तल खसेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
घाइते अवस्थामा भेटिएका कँडेलाई तत्कालै कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । सामान्य उपचारपछि कँडेललाई थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको दावी छ ।
आइतबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका कँडेलको रहस्यमय मृत्यु भएपछि फिस्लिङ बजारको अवस्था तनावपूर्ण भएको छ । अहिले पनि स्थानीयले प्रहरी पोस्टमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ मंसिर २०७६, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह