वासिङ्टन । अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा (फेसबुक, इन्स्टाग्राम लगायत)बन्द गर्न सक्ने चेतावनी दिएको छ । यो विवाद बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षासम्बन्धी मुद्दामा भएको कानुनी लडाइँसँग सम्बन्धित छ ।
न्यू मेक्सिकोका सरकारी अभियोजकहरूले मेटाका प्लेटफर्महरूलाई बालबालिकाका लागि अस्वस्थ र लत लाग्ने खालका बनाएको आरोप लगाउँदै कम्पनीको प्रणालीमा ठूला परिवर्तन गर्न अदालतमा माग गरेका छन् । ती मागहरूमा बालबालिकाको उमेर पहिचान कडाइ, गोपनीयता सुधार र सुरक्षा नियन्त्रणहरू बढाउने व्यवस्था समावेश छन् ।
यो मुद्दा पहिले नै अदालतमा पुगेको छ, जहाँ जूरीले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्याएको र बाल यौन शोषणका विषयमा जानकारी लुकाएको ठहर गर्दै ३७ करोड ५० लाख डलर जरिवाना तोकेको थियो । अहिले मुद्दाको दोस्रो चरणको सुनुवाइ सुरु हुन लागेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ बैशाख २०८३, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दर्ता प्रक्रियाका लागि मेटाले माग्यो विवरण