चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनको माडीमा २ जनाको मृत्यु भएको छ । माडी १ बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरुवाबाट बादरझुलातर्फ लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा गैरहेका उनीहरुलाई बाटोमा आज बिहान ९ः३० बजे जङ्गली हात्तीले आक्रमण गरेको थियो । दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायन कोइरालाले बताए ।
घटना लगत्तै जनप्रतिनिधी, प्रहरी र स्थानीयहरु घटनास्थलमा पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घेरिएको माडीमा वन्यजन्तुको आक्रमणबाट पटकपटक ठूलो धनजनको क्षति भैरहन्छ ।
यसअघि एक महिना अघि पनि एक वृद्दाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका दुई हात्ती कतार पठाइँदै
पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’
जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु