पोखराकी रजनी ऋदम राइ भ्वाइस अफ नेपालबाट आउट

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, २२ : २२
पोखराकी रजनी ऋदम राइ भ्वाइस अफ नेपालबाट आउट

रियालिटी सो भ्वाइस अफ नेपालबाट पोखराकी रजनी ऋदम राइ बाहिरिएकी छिन् ।

१२ प्रतिस्पर्धीमध्ये दर्शकबाट सबैभन्दा कम भोट पाएर उनी बाहिरिएकी हुन् ।
छोरीको लागि भ्वाइस अफ नेपालमा आएर गीत गाएको बताउने उनले यो सोबाट आफूले छोरीलाई गीत सुनाउन पाएकोमा खुसी लागेको बताइन् ।

‘म एकदमै खुसी छु, एक पटक–दुई पटकमात्रै होइन , चारपल्ट छोरीले मलाई टिभिमा देख्यो । अनि मलाई पोखराले रजनी ऋदम राईको स्वरमात्रै चिन्नु भएको थियो, अहिले धेरैले पर्सनल चिन्नु हुन्छ’ उनले अगाडि भनिन्, ‘यो अन्तिम होइन सांगितिक यात्रा जारी रहनेछ।’

उनी बाहिरएकोमा अन्य प्रतियोगी भावुक बन्दै गर्दा उनले कोही पनि दुखी नबन्न आग्रह गर्दै आफू सशक्त महिला भएको बताइन् ।

प्रतियोगिताबाट राम लिम्बु, बिकाश लिम्बु, सनिश श्रेष्ठ, अञ्जु राना मगर, गीता शर्मा, याङ्की योल्मो, बलबहादुर राजवंशी, सञ्जय महत, मेचु धिमाल र आरिफ राउफ अन्तिम ११ मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस