काठमाडौँ । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना७ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज९प ५४६१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उनको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका धिरेश साहको उपचार भइरहेको छ । बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २९ कार्तिक २०७६, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु