काठमाडौं । प्युठान, सल्यान, सप्तरी र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
प्युठान, स्वर्गद्वारी नगरपालिका-४ मनखोला भिरस्थित सडकमा भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग.२ च ५२४९ नम्बरको बलेरो गाडी सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार हाल नाम, थर, वतन नखुलेकी १ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिगृ हुँदै थप उपचारको लागि भैरहवातर्फ पठाइएको छ ।
सल्यान, त्रिवेणी गाउँपालिका-४ बडागाँउमा रा.१ ज.४३२ नम्बरको जिप अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार सोही गाउँपालिका फालावाङ बस्ने ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरी, बोदेबर्साईन नगरपालिका-२ बैरियास्थित सडकमा को.२३ प.५४० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय रामप्रसाद साहको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बिहीबार दिउँसो बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, कलैया उपमहानगरपालिका-२३ मोतिसर चोकमा ना.७ त २६६ नम्बरको ट्याक्टरले ना.३ प ५१३७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय बिनोद साहको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सन्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ कार्तिक २०७६, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा कार दुर्घटना, चालकसहित चार जना घाइते
गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते