डडेल्धुरा । विगत ९ दिन देखि अनसनरत डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजेदेखि स्थगित गरेका हुन् ।
डडेल्धुरा अस्पतालमा नौ दिनदेखि अनसन बसेका केसीले अस्पतालमा पत्रकार सम्मेलन गरी अमरगढी नगरपालिका–४ खलङ्गाका चार वर्षीय बालक श्रीआन्स जैरुको हातबाट सुन्तलाको जुस पिएका थिए।
केहि दिन अघि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भुभाग आफ्नो भन्दै दाबी गरेपछि आफुले अनसन स्थगित गरेको डा. केसीले बताए। डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
सरकारले माग पुरा नगरे फेरि पनि अनसन बस्ने केसीको भनाई छ । यो खबर नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २७ कार्तिक २०७६, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. गोविन्द केसीले तोडे अनसन
डा. गोविन्द केसीले सुरू गरे सत्याग्रह
आवासीय चिकित्सकको श्रम शोषणले सीमा नाघ्यो : डा. गोविन्द केसी
कर्मचारी भर्ना प्रक्रिया चाँडो नगरे सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी