पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट बिचार बोकेर काङ्ग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै काङ्ग्रेस कम्युनिस्टको बिकल्प राप्रपा भएको दाबी गरेका छन् ।
कास्की -२ को उपनिर्बाचन प्रचार अभियानको क्रममा आज पोखराको बिरौटामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले बिगतमा आफुहरुबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिक्दै सच्चिदै अघि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गरे । राप्रपाले आगामी दिनमा जनता केन्द्रित , संगठन केन्द्रित सिद्धान्त केन्द्रित राजनिती गर्नेछ भन्दै थापाले सत्ताकेन्द्रीत राजनितीलाई महत्त्व नदिई आदर्शको राजतिनी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
मुलुकमा ब्याप्त बिकृती, बिसङ्गती, ब्रम्हलुटको विपक्षमा उभिन पोखरेली जनतालाई आग्रह गर्दै थापाले वाईडबढी, तेत्तीस क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर छली प्रकरणलाई बल पुग्ने गरि काङ्ग्रेस कम्युनिस्ट नरोज्न मतदातालाई अनुरोध गरे । बिधिको शासन, बेरोजगारी समस्या र भ्रष्टाचारको अन्त्य , स्वाधिनताको रक्षा र सिमाको सुरक्षा चाहने हो राप्रपा जस्तो राष्ट्रबादी शक्ति रोज्न आग्रह गर्दै उनले धर्म , संस्कृतीको नास गर्नेहरु सङ्ग सतर्क रहनुपर्ने बिचार ब्यक्त गरे ।
कास्कीको एक सिटमा कम्युनिस्टले हार्दा सरकार ढल्दैन, काङ्ग्रेसले जित्दा उत्पात बढ्दैन भन्दै परिबर्तनको सन्देश दिन राप्रपालाई सघाउन उनले आग्रह गरे । मन्तव्यका क्रममा काङ्ग्रेस र कम्युनिस्टको खरो बिरोधमा उत्रिएका उनले आफ्नो पनि गल्ती कमजोरि भएको स्विकार्दै आगामी दिनमा सच्याउन तयार भएको भनाई राखे।राजनितीक परिबर्तनले धर्मान्तरण र बिदेशी प्रभाव अनि दबाद मात्र बढाएको भन्दै राष्ट्रियता कमजोर भएको उनको टिप्पणी थियो ।
कार्यक्रममा उपाध्यक्ष तथा पूर्व मन्त्री तोरण बहादुर गुरुङ, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ ,सहायक महामन्त्री मदन बहादुर कार्की, विन्दु पहारी, केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन संयोजक जयलाल पुन लगायतले बोलेका थिए ।
सो अवसरमा राप्रपा अध्यक्ष थापाले पोखरा १६ र १७ को चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन समेत गरेका थिए भने विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा