शिल्पाले सर्वोच्चमा हालेको रिट खारेज, पक्राउ गर्ने बाटो खुल्यो

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, १६ : ५४
शिल्पाले सर्वोच्चमा हालेको रिट खारेज, पक्राउ गर्ने बाटो खुल्यो

काठमाडौँ । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्चमा हालेको रिट खारेज गरिदिएको छ।  

सर्वोच्चका न्यायाधीशद्व ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले उनको रिट खारेज हुने फैसला गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । 

यसअघि बहुबिबाहको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन् ।  हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । त्यसपछि फरार उनी त्यही बीचमाअदालतले दिएको आदेशविरूद्ध सर्वोच्च पुगेकी थिइन् । 

अहिले सर्वोच्चले उनको रिट खारेज गरिदिएपछि प्रहरीलाई पक्राउको बाटो खुलेको छ । सिल्पाले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

चलचित्र निर्माता छविराज ओझको श्रीमती रहेकी उनको सुरुमा छविसँग विवाद भएको विषय बाहिरिएको थियो । बिबादकै बीचमा छविकी जेठी श्रीमतीले बहुबिबाहको उजुरी हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस