नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, १० : ३४
नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय वैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीले सरकारका मन्त्रीहरु फेर्ने सैद्धान्तिक सहमति लिनेदेखि भारतले मिचेको कालापानी क्षेत्रको सिमाका विषयमा भारतीय पक्षसँग गर्ने कुटनीतिक संवादसम्मका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ । साथै पार्टी संगठनात्मक एकताका बाँकी काम टुंगो लगाउने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ ।

सचिवालय बैठक केहीबेर अगाडिबाट बालुवाटारमा सुरु भएको हो । बैठकमा सचिवालका ९ जना नेताहरु नै सहभागी छन् । आजको सचिवालय बैठक अगाडि हिजो पार्टीका दुई अध्यक्षका बीचमा छलफल भएको थियो । छलफलपछि आज सचिवालय बैठक बोलाउने सहमति बनेपछि सचिवालय बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस