नेपाली फिल्ममा भिटेनको पहिलो र्‍याप, कस्ता छन् शव्द ? (भिडियोसहित)

सफल खबर संवाददाता

सोमबार, २५ कार्तिक २०७६, ०९ : २९
नेपाली फिल्ममा भिटेनको पहिलो र्‍याप, कस्ता छन् शव्द ? (भिडियोसहित)

काठमाडौँ । समिर घिसिङ ‘भिटेन’ले पहिलो पटक नेपाली फिल्ममा–याप गीत गाएका छन् ।  

मंसिर १३ गतेबाट रिलिज हुने फिल्म ‘सरौतो’को प्रमोशनल गीत गाएका हुन् । अश्लील गीत गाएको भन्दै केही समय अगाडि पक्राउ परेका भिटेनको फिल्ममा पहिलो र्‍याप गीत सार्वजनिक भएको हो। मंसिर १३ गते रिलिज हुने ‘सरौतो’ सिनेमाका लागि उनले नयाँ र्‍याप गीत गाएका हुन्।

गीतको भिडियोमा भिटेनले सिनेमाकी मुख्य अभिनेत्री सुमी मोक्तानसँग फिचर्ड गरेका छन् । 

सिनेमाको यो गीतले ुसतौतोुको प्रचारलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सिनेमालाई सिनेम्याटोग्राफीबाट निर्देशनमा डेब्यू गर्न लागेका हरी हुमागाईंले निर्देशन गरेका हुन्। ‘सरौतो’मा सुमी र विजयका अलावा सन्नी सिंह, लियो ट्याँक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको अभिनय छ ।

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मले बदलाको कथा बिषय बनाएको छ ।  फिल्ममा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस