काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पक्षमा कारागार चलान गर्नुअघि काठमाडौं जिल्ला अदालत, प्रहरी र कारागार प्रशासनका अधिकारीबीच अनौपचारिक कुराकानी भयो ।
विषय थियो– ‘उनलाई कुन कारागार पठाउने ?’ उनलाई कुन कारागार जाने भनेर सोधियो । महराले डिल्लीबजार कारागार रोजे । जेलर अरुण पोखरेलले सबै प्रक्रिया पुर्याएर ‘क’ ब्लकमा पाँचजना बन्दी अट्ने ‘साझा कोठा’ मा महरालाई राखे । कारागारमा महरा प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीका ‘रुम पार्टनर’ बनेका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरीलाई पनि चार महिनाअघि सर्वोच्चमा सोधिएको थियो– ‘कुन कारागार जान चाहनुहुन्छ ?’ उनले पनि डिल्लीबजार रोजेका थिए ।
सुडान घोटाला प्रकरणमा ०७४ वैशाख १७ मा दोषी ठहर भएपछि सम्पर्कविहीन उनी दुई वर्षपछि ०७६ असार १९ मा सर्वोच्चमा उपस्थित भएका थिए । ठकुरीलाई उनकै आग्रहमा डिल्लीबजार सदरखोर चलान गरियो । महरा र ठकुरीजस्तै ‘भीआईपी’ कैदीबन्दीहरूको रोजाइ पनि सोही कारागार छ ।
अन्य कारागारको तुलनामा चाप कम तथा पायक पर्ने लोकेसनका कारण कैदीबन्दीले डिल्लीबजार रोज्ने गरेको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ कार्तिक २०७६, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ