विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल

रासस

आइतबार, २४ कार्तिक २०७६, २० : ४१
विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ : मन्त्री पोखरेल

फाईल फोटो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताउनुभएको छ । 

‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकासका लागि विश्व विज्ञान दिवस’ का अवसरमा मन्त्री पोखरेलले विज्ञानको क्षेत्र झन फराकिलो बनाउँदै अघि बढाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विज्ञानलाई केवल विद्यालय र क्याम्पसस्तरका बालबालिकामा मात्र सीमित नराखेर हेरक टोल, गाउँ, क्षेर र बस्तीबस्तीमा पु¥याउन जरुरी रहेको छ ।” विज्ञान विना खुसी नेपाली समृद्ध नेपालीकोे परिकल्पना साकार हुन नसक्ने मन्त्री पोेखरेलले दाबी थियो । 

कृषि उत्पादन, उद्योगलगायत अन्य आवश्यकमा स्थानमा नयाँ प्रविधिको प्रयोग गर्न अति नै आवश्यक रहेको मन्त्री पोखरेलले औँल्याउनुभयो । नेपालका विभिन्न उच्चस्तरमा रहेका मानिस प्रति विज्ञानको थप जोड हुनुपर्ने मन्त्री पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमा फर्काउन आवश्यक भएको छ ।” दक्षिण कोरिया, चीन र जापानले विज्ञानलाई बढावा दिएका कारण आज उनीहरुले निकै विकास गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठले आफ्नो कार्यालयलाई थप बढावा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकका लागि आवश्यक अनुसन्धानमा नाष्टले जोड दिएर अघि बढेको छ ।” 

प्रतिक्रिया दिनुहोस