काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार र सचिवालय टीमलाई बर्खास्त गर्ने निर्णय गरेका छन् ।
मन्त्रिहरु समेत फेरबदलको तयारीमा रहेका प्रधानमन्त्रीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
‘एकाएक प्रधानमन्त्रीज्यूले हामीसहित प्रमुख सल्लाहर समेतलाई बोलाएर राजीनामा दिन निर्देशन दिनुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘कात्तिक महिनाभरीको तलब खानुस्, त्यसपछि मंसिर १ गतेदेखि लागू हुनेगरी तुरुन्त राजीनामा दिनुस् भनेर निर्देशन दिनुभएको छ।’
सचिवालयका सदस्यहरुको कार्यसम्पादन ठीक नभएको निष्कर्षसहित प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन् । ओलीले अब क–कसलाई सल्लाहकार र सचिवालयमा ल्याउने भनेर छलफल समेत गरिरहेका छन् ।
स्रोतका अनुसार उनले नयाँ टीमबाट परिणाम दिने काम गर्न चाहेका छन् ।
अहिले ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल, प्रेस सल्लाहकारमा कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनाली, परराष्ट सल्लाहकारमा रजनभट्टराईलगायत विभिन्न सल्लाहकारको भूमिकामा कार्यरत छन् ।
सित घटनाक्रमबारे मलाई केहीपनि थाहा छैन’ भन्दै पन्छिए ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली मुख्यतः प्रमुख सल्लाहकार रिमालसँग असन्तुष्ट छन् । उनले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएको र सरकारको पक्षमा पनि सकारात्मक माहोल हुनेगरी काम गर्न नसकेको भन्दै ओली असन्तुष्ट छन् ।
सरुवा बढुवामा अनावश्यक हस्तक्षेप गर्ने तथा परिणाम पनि दिन नसकेको भन्दै ओलीले केही समयअघि देखि नै रिमालको बहिर्गमन चाहेका थिए । तर उनले राजीनामा पनि नदिएको र अहिले मन्त्रिमण्डलको पनि हेरफेर गर्ने गृहकार्य हुँदै गर्दा सबैभन्दा पहिला सचिवालय हेरफेर गर्ने निचोडमा प्रधानमन्त्री ओली पुगेका हुन् ।
सल्लाहकारदेखि सचिवालयका सदस्यहरुले केही दिनमै राजीनामा दिने बुझिएको छ ।
स्रोतका अनुसार त्यसपछि ओलीको नयाँ टीम खडा हुनेछ । जुन टीममा ओलीले हाल सचिवालय र सल्लाहकारको भूमिकामा ‘फिट हुने’लाई पुनः मौका दिन सक्ने सभावना रहेको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ कार्तिक २०७६, १८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
शिष्टाचार केपी ओलीको आँखाबाट : जहाँ कुर्सीले बोल्छ, व्यवहारले व्याख्या गर्छ
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री ओली
'माउन्ट एभरेस्ट'सँग सगरमाथाको कुनै साइनो छैन : प्रधानमन्त्री
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली