काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले भारतविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएका छन् ।
भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलनलाई थप सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका हुन्।
आफ्नै निवासमा बोलाएर भारतले कालापानी–लिपुलेकसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विरोधमा भइरहेको आन्दोलन जारी राखेर थप सशक्त पार्न देउवाले पार्टी निकट बिद्यार्थीलाई निर्देशन दिएका हुन् ।
सभापति देउवाले लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग बूढानीलकण्ठस्थित निवासको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी पनि गराए ।
भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । सो नक्सा सच्याउन र अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग गर्दै देशभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघ पनि भारतको सो कदमबिरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । दुवै संगठनले गो ब्याक इण्डियाको नारा घन्काएका छन ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा