भरतपुर र पोखरा बीच पर्यटन प्रवद्र्धनको लागि सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, १८ : ५१
भरतपुर र पोखरा बीच पर्यटन प्रवद्र्धनको लागि सम्झौता

पोखरा । पर्यटन प्रवद्र्धनको लागि भरतपुर र पोखरा महानगर पालिका बीच शुक्रबार पोखरामा सम्झौता पत्रमा हस्ताक्षर भए काे छ ।

वन्यजन्तु पर्यटनका हिसाबले विश्वमै अग्रणी विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्यि निकुञ्ज, नारायणी नदी लगायतका पर्यटकीय आकर्षणको निकटमा रहेको भरतपुर महानगरपालिका र विश्वकै सुन्दर शहरमध्ये एक, पर्यटनको राजधानी एवं साहसिक पर्यटनको केन्द्र पोखरा महानगरपालिकाबीच पर्यटन विकास, प्रवद्र्धन तथा अन्य आर्थिक तथा सामाजिक विषयहरु, प्राकृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन गर्नका लागि सहकार्य गर्ने, महत्वपूर्ण सूचना तथा जानकारीहरुको आदानप्रदान गर्ने विषयहरुमा दुई महानगरपालिकाबीच सहमति भई संघीय संरचनामा अन्तरनगर सहकार्य को शुरुवात भएको छ । 

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको नेतृत्वमा पोखरा भ्रमणमा रहेको २८ सदस्यीय टोली र  पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि. सी., पोखराका पर्यटन व्यवसायी तथा सञ्चारकर्र्मीहरुमाझ दुई महानगरपालिकाको बीचमा कसरी प्रभावकारी र परिणाममुखी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस