काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गर्नुभएको छ । बबई किनार हात्तीखालस्थित सुरुङको निकासद्वारबाट ‘मोनोरेल’ चढेर चिप्लेमा रहेको प्रवेशद्वार आइपुग्नुभएका मन्त्री पुनले आयोजनाको निरीक्षण गर्नुभएको हो ।
नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२.२ किमी लामो यो सुरुङ निर्माण गरिएको हो । निर्माण अवधिभन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको सुरुङको ‘बे्रक थु्र’ यही वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।
आयोजनाले सुरुङ निर्माण गर्ने क्रममा मोनोरेल ल्याएको थियो । मन्त्री पुनको टोलीलाई मोनोरेलबाट चिप्ले आइपुग्न करीब एक घण्टा लागेको थियो । आयोजनाका प्रमुख सञ्जिव बरालले आयोजनाको पछिल्लो प्रगतिबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
आयोजना निरीक्षणका क्रममा ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनामा बजेट र जनशक्ति अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । “प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निगरानी गरिराख्नुभएको छ, कुनै बाधा व्यवधानबिना आयोजना बन्छ”, कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “कुनै लापरवाही नगरी निर्धारित समयभन्दा अगावै सक्ने गरी काममा खटिनुस् ।”
उहाँले बाँध र विद्युत् गृहलगायतका संरचनाको एकैसाथ निर्माण प्रक्रिया शुरु गरिएको बताउनुभयो । जनताको जलविद्युत् आयोजनाअन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गरिने उहाँको भनाइ थियो । पूर्वी सल्यानको दार्मा गाउँपालिकामा विद्युत् लाइन विस्तारसम्बन्धी कार्यक्रम जाने क्रममा मन्त्री पुनले भेरी–बबईको निरीक्षण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २० कार्तिक २०७६, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन