काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकसहित चार जना सुरक्षाकर्मी र एक जना वडासचिवविरुद्ध आरोपपत्र दायर गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दारद्वय ज्ञानबहादुर चौधरी र ज्ञानेन्द्रकुमार मौर्य तथा सशस्त्र प्रहरी जवान रतिराम चौधरी र वडासचिव लोकराज बरालविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले नेपाल–भारत सीमा भएर आवतजावत गरेका नेपाली नागरिकलाई घरायसी प्रयोजनका सामान भारतबाट खरीद गरेर ल्याउँदा घुस लिएका तथा वडा सचिव बरालले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर २०५९ सालदेखि नेपाल सरकारको प्रशासन सेवामा रहेर बद्नियतपूर्वक सेवा सुविधा प्राप्त गरिरहेको पुष्टि भएपछि पाँचै जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २० कार्तिक २०७६, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा