काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको जवरजस्ती करणी उद्योगको मुद्दामा सोमबार पनि थुनछेक बहस चलिरहेको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दा दायर गरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंले महरासँग बयान लिएको थियो ।
त्यसपछि आइतबार सरकारी वकिल पक्षका ४ जनाले वादी नेपाल सरकारको तर्फबाट महराको अभियोग पुष्टि गर्ने प्रयासस्वरुप बहस गरे ।
आइतबारै महराको तर्फबाट वरिष्ठ अभिवक्ता लवप्रसाद मैनालीले पनि बहस गरे । यद्यपि समय अभावका कारण सबै अधिवक्ताले बहस गर्न नपाएको कारण आइतबार महराविरुद्धको थुनछेक बहस सकिएन र थुनछेक बहस सोमबार पनि जारी नै रहेको हो ।
सोमबार महराविरुद्ध भएको बहस उनलाई थुनामा नै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विषयमा मात्रै हो । मुद्दाको फैसला आउन भने अझै लामो समय लाग्ने नै छ ।
महरामाथि ‘जबरजस्ती करणीको प्रयास’ गरेको आरोप लगाउने महिला (नयाँ बानेश्वर २६) ले मिडिया तथा प्रहरीमा पटकपटक फरकफरक बयान दिएकी छिन् । उनको बयान फेरिँदा अब अदालतले के र कसरी फैसला गर्ला भन्ने चर्चा पनि चुलिएको छ ।
कतिपयले पीडित महिला ‘होस्टाइल भएको’ अर्थात् बिकेको, धम्काएको आदि बताइरहेका छन् भने कतिपयले चाहिँ महिलाको मानसिक अवस्था स्वस्थकर नरहेको कारण ययरी बयान फेरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ