यी हुन् प्रदेश प्रमुखका लागि चर्चाका नाम

नेकपाभित्रै तीन थरी नाम अगाडि

सफल खबर संवाददाता

सोमबार, १८ कार्तिक २०७६, १० : २८
यी हुन् प्रदेश प्रमुखका लागि चर्चाका नाम

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २२ महिना अगाडि नियुक्तिको सिफारिस गरेका सात वटा प्रदेश प्रमुखलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेकी छिन् ।

पुराना प्रदेश प्रमुख पदमुक्त भएसँगै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिसको तयारीमा सरकार छ । त्यसका लागि हिजो बेलुकी नै मन्त्रिपरिषद बैठक बोलाइए पनि पार्टीभित्र छलफल पर्याप्त नभएको भन्दै आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । यो बैठकवाट सात वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि निर्णय गराएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने तयारीमा सरकार छ ।

पुराना प्रदेश प्रमुख पदमुक्त भएपछि नयाँ नियुक्तिका सिफारिसका लागि नेकपाभित्रै तीन थरी नाम अगाडि आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले पनि आफ्नो सूची पठाएको चर्चा नेकपाभित्र छ । अहिले चर्चामा सोमनाथ अधिकारी, तिलक परियार, अमिक शेरचन, महेन्द्र पाण्डे, केशव बढाल, अमृत वोहोरा, सर्मिला त्रिपाठी, खेमराज भट्ट मायालु, धर्मनाथ यादवलगायत नाम चर्चामा छ ।

कतिपयलाई पार्टीले प्रदेश प्रमुख नियुक्त गर्न खोजे पनि सम्बन्धित व्यक्तिले पार्टी राजनीतिमै आफूलाई सक्रिय बनाउन चाहिरहेका छन् । नेकपा सचिवालयले आज सहमति जुटाउन सके आजै क्याबिनेटले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस