एमालेको फोन गएपछि प्रदेश प्रमुख अचानक विरामी

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, १० : ४०
एमालेको फोन गएपछि प्रदेश प्रमुख अचानक विरामी

काठमाडौं । बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक किचलोले सरकार संकटमा छ । मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्द कांग्रेसका बहुसंख्यक सांसदहरुले अविश्वास प्रस्तादव दर्ता गराएपछि कांग्रेसले दलभित्र अविश्वास प्रस्ताव देखि नयाँ प्रदेश संसदीय दलको चुनाव सम्म गराएको छ ।

यी दुवैमा मुख्यमन्त्री लामा पराजित भए । तर उनले संविधानतः दल नेता नभएपनि आफुले सरकारको नेतृत्व छोडन नपर्ने बताएपछि कांग्रेसभित्रको विवाद झन् गहिरिएको छ । त्यहीवीच मुख्यमन्त्री लामाले तीन जना मन्त्री नियुक्ति गरे । लामाले गोविन्द लम्साल ९आन्तरिक मामिला तथा कानुन०, गीता गुरुङ ९सहकारी तथा गरिबी निवारण० र माया श्रेष्ठ (युवा तथा खेलकुद) लाई बुधबार मन्त्री नियुक्त गरेका थिए ।  

उनीहरुको सपथ आज दिउँसे १ बजेका लागि तय गरिएको थियो । तर अन्तिम समयमा आएर सपथ अनिश्चितकालका लागि स्थगित भएको छ । स्थगित हुनुमा प्रदेश प्रमुखको स्वास्थ्यमा अचानक देखिएको स्वास्थ्य समस्यालाई कारण देखाइएको छ । यधपी, उनलाई नेकपा एमालेका नेताहरुले सपथ रोक्न टेलिफोन गरेपछि उनले विरामी देखाएर सपथ रोकेको लामा पक्षका नेताहरुको आरोप छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा सचिवालयमार्फत सपथ रोकिएको सूचना जारी गदै काठमाडौं हान्निएका छन् । उनले आफु अचानक बिरामी भएर उपचारको लागि काठमाडौँ जानुपरेकोले सपथ अर्काे सूचना जारी नभएसम्मलाई रोकिएको जानकारी गराएका छन् ।

‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रिज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नुभएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको बेहोरा जानकारीका लागि अनुरोध छ।’प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

मुख्यमन्त्री लामाले खासमा बुधबार नै तीन जना मन्त्री नियुक्त गरेर सपथ ग्रहण गराउन चाहेका थिए । तर प्रदेश सरकारलाई साथ दिईरहेको एमालेले बुधबार मुख्यमन्त्री लामालाइृ टेलिफोन गरी एमाले प्रदेश सभा दलको निर्णय कुर्न र त्यसबेलासम्म मनित्रपरिषद् विस्तार नगर्न आग्रह् गरेको थियो । त्यसपछि रोकिएको सपथ ग्रहण बेलुकी मुख्यमन्त्रीले मन्त्रीहरुको नाम नै फेरेर फेरि नियुक्त गरे । त्यसपछि आज दिउँसो १ बजेका लागि पिथ ग्रहणको कार्यक्रम तय गर्न प्रदेश प्रमुखलाई आग्रह गरे  । तर आज विहान प्रदेश प्रमुखले विरामी भएको भन्दै काठमाडौं हान्निए । यसले मुख्यमन्त्री लामाको योजनामा व्रेक लाग्न पुगेको छ ।

प्रदेश प्रमुखलाई एमाले प्रदेश सभा दल नेता जगन्नाथ थपलियाले फोन गरी सपथ कार्यक्रम रोक्न आग्रह गरेका थिए । एमाले प्रदेश सभा दलले बुधबार नै कांग्रेसको सस्थापन पक्षलाई आफुहरुको साथ हुने निर्णय लिएको थियो । मुख्यमन्त्री लामालाई दल नेतामा पराजित गरी कांग्रेसमा इन्द्र बानियाँ दल नेता चुनिएका छन् । यसअर्थमा बानियाँ कांग्रेसको सस्थापन बनेका छन् ।

बानियाँ सस्थापन बनेपछि मुख्यमन्त्री लामाले सरकार छोडनुपर्नेमा मन्त्रीपरिषद् विस्तार गर्न थालेकोमा कांग्रेस बानियाँ पक्ष र एमाले असन्तुष्ट बनेको छ । सोहीकारण एमाले प्रदेश सभा दल नेता थपलियाले मुख्यमन्त्रीलाई टेलिफोन गरी सपथ रोक्न आग्रह् गरेका थिए । प्रदेश प्रमुख थपलिया लामो समय एमालेको राजनीति गरेर प्रदेश प्रमुख हुन आएका ब्यक्ति हुन् ।

एमाले दलको नेताको टेलिफोन आएपछि उनले विरामी भई उपचारका लागि काठमाडौं जानुपर्ने भएको भन्दै काठमाडौं हान्निएका हुन् । अव उनले एमालेले अव हेटौडा जानुस् नभन्दा समम्म हेटौडा नै नआउने गरी गएको मुख्यमन्त्री लामा निकट स्रोत बताउँछ । लामाले आफुले राजीनामा नदिने अडान लिँदै आएका छन् ।
लामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका हुन् । १६८ (१) अनुसार एउटा दलको बहुमत नपुगेर सरकार नबनेपछि १६८ (२) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ (२) मा ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने’ व्यवस्था छ । संविधानमा भएको यो व्यवस्थाअनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु नपर्ने तर्क दल नेताको चुनावमा पराजित भएपछि लामाको छ ।

यसले कांग्रेसभित्रको आन्तरिक किचलो झन् गहिरो बनाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस