निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः सेनाले किन ढिलाइ गर्यो रुख काट्न ?

पत्रपत्रिकाबाट

सोमबार, १८ कार्तिक २०७६, ०८ : १०
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः सेनाले किन ढिलाइ गर्यो रुख काट्न ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि सो क्षेत्रको पहुँचमार्ग, फेरिफेरि सडक निर्माण तथा रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको दुई वर्ष बितिसक्दा पनि सो काम अहिलेसम्म सुरु हुन सकेको छैन ।

 २०७४ भदौ १९ गते प्राधिकरण र नेपाली सेनाबीच सो समझदारीपत्र भएको थियो । मन्त्रिपरिषद्को २०७३ फागुन २५ गतेको निर्णयअनुसार सो कामको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राष्ट्रिय गौरवको यस आयोजनालाई अगाडि बढाउनेबारे यससँग सम्बन्धित मन्त्रालय र निकायबीच स्पष्टता र समन्वय नदेखिएका कारण सेनाले रुख कटानलगायतका कार्य अगाडि बढ्न नसकेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस