फिल्म ‘घामड शेरे’ ले गर्‍यो देउवाको अपमान

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, १२ : २४
फिल्म ‘घामड शेरे’ ले गर्‍यो देउवाको अपमान

काठमाडौँ । फिल्म ‘घामड शेरे’ फिल्मको पोष्टर र नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाको फोटोसँगै राखेर कलाकार आशिफ शाहले आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि विवाद भएको छ । 

उनले सार्वजनिक गरेको पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए । 
नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् ।
यसैबीच विरोधपछि शाहले माफी मागेका छन् । ‘घामड शेरे’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ।

प्रतिक्रिया दिनुहोस