कृष्णबहादुर महराकी श्रीमती सीताको बयान : श्रीमानको मोबाइल मैले फुटाएको हुँ

सफल खबर संवाददाता

शुक्रबार, १५ कार्तिक २०७६, १७ : ५४
कृष्णबहादुर महराकी श्रीमती सीताको बयान : श्रीमानको मोबाइल मैले फुटाएको हुँ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।

सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा सीताले भनेकी छिन् ‘२०७६/०६१३ गते विभिन्न सञ्चार माध्यमहरुमा मेरा श्रीमान कृृष्णबहादुर महराले मिति २०७६/०६/१२ गते‘ निज पीडितको कोठामा गई जबर्जस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रीस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल भएको ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ । उक्त मोवाइल फुटाएको भएता पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सर्ने क्रममा कता हरायो, थाहा भएन ।’