काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।
सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा सीताले भनेकी छिन् ‘२०७६/०६१३ गते विभिन्न सञ्चार माध्यमहरुमा मेरा श्रीमान कृृष्णबहादुर महराले मिति २०७६/०६/१२ गते‘ निज पीडितको कोठामा गई जबर्जस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रीस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल भएको ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ । उक्त मोवाइल फुटाएको भएता पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सर्ने क्रममा कता हरायो, थाहा भएन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ कार्तिक २०७६, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ