बिहेको तयारीमा काजल अग्रवाल

पत्रपत्रिकाबाट

सोमबार, ११ कार्तिक २०७६, ०८ : ०८
बिहेको तयारीमा काजल अग्रवाल

उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तीकी अभिनेत्री हुन् । 
सन् २००४ मा बलिउड फिल्म बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । 
हालसम्मकै सर्वाधिक कमाइ गर्ने तमिल फिल्म मगधरी की नायिका काजल पछिल्लो पटक बलिउडमा सिंघम र स्पेशल २६ मार्फत देखिएकी थिइन् ।
सुन्दर अभिनेत्रीको रुपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् । 
एक कार्यक्रममा बोल्ने उनले बिहेको प्रस्ताव स्वीकरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छिन् । – कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस