तिहार विशेष देउसी भौलो गीतको विमोचन

रासस

शुक्रबार, ०८ कार्तिक २०७६, २० : १८
तिहार विशेष देउसी भौलो गीतको विमोचन

ललितपुर । बाग्लुङ्ग मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा आज धोवीघाटमा तिहार विशेष देउसी भैलो गीतको विमोचन भएको छ । 
नजिकै आएको दिपावलीको अवसर पारेर मगर समाज विरकोटको व्यवस्थापनमा शुभकामना आदान प्रधान कार्यक्रमका साथै दुई वटा गीत विमोचन गरिएको थियो ।                   

मगर समाजले तीहारमा  गाउँने बलिहाङ अर्थात बलिराजाको सम्बोधन गरेर गाउँने एक थरीको गीत र कालिनाग अर्थात भाईदिदीको महिमा झल्काउने गीत लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण र सम्वद्र्धनमा लागि परेको सो समाजका समन्वयकर्ता एमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 
कार्यक्रममा आदिवासी जनजातीले गाउँने मगर समुदायमा प्रचलीत सोरठी गीतको पनि श्रब्यदृश्य देखाइएको थियो । “यो गीत विशेष गरी बाग्लुङ्ग वीरकोटका मानिसले गाउँने गरेका छौँ”, बुढाथोकीले भन्नुभयो । 

अन्तरराष्ट्रिय मगर सञ्जालका वर्तमान अध्यक्ष खर्क रानाले नेपाली चाडपर्वको विषयमा जान्ने र बुझ्ने इच्छा रहेको हुँदा तिहारको अवसर पारी मातृभूमि आएको जानकारी दिनुभयो ।  
मगर समुदाय मानिसले तिहारमा बलीराजालाई अतिनै मान्ने गरेको बताएका छन् । 

मगर समुदायमा रहेको मान्यता अनुसार तिहारको महत्व एक किवदन्तीमा आधारित रहेको छ । तिहारको टिका लगाउन एक जना भाई दिदीको घरमा जाँदा बाटोमा एउटा कालिनाग भेट्छन् । त्यो नागले ती भाईलाई कहाँ जान लागेको भनि सोधेपछि ती भाईले म दिदीको घरमा तिहारको टिका लगाउन जान लागेको भनेछन् । कालिनागले आज मलाई धेरै भोक लागेको छ । म तिमीलाई खान्छु ।

कहाँ दिदीको घरमा टिका लगाउन जान लागेको भनेको भनिछन् । ती भाईले हैन् म दिदीको घर टिका लगाउन जान लागेको । मलाई खाने कुरा नगर भनेपछि । कालिनागले मानीन्छीन् । उनले जिद्दी गरेर म तिमीलाई खान्छु भनेपछि । ति भाईले म दिदीको हातको टिका लगाएर आउँछु अनि मलाई खानु भनी बाचा बन्दन गरी दिदीको घर टिका लगाउन गएछन् । भाईले अध्यारो मुख लगाएर आएपछि दिदीले के भयो भनी सोघिछन् । भाईले बाटोमा भएको सबै कुरा बताएछन् । दिदीले पिर नगर ।

म तिम्रो चिन्ता दुर गरिदिन्छु भनी भाईटिकाको दिन दैलोको डिलमा पाँच ओटा सेता धर्काको साथमा पाँचवटा तेलको धर्का समेत हालिछिन् । दिदीले भाईटिका गर्नुपूर्व नागको आँखा फुटाउने जुक्तीका साथ एउटा ओखर फुटाइ टिका लगाइदिइछन् । टिका सकेर भाई मनमा चिन्ता लिदै गर फर्र्केछन् । बाटोमा फर्कदाँ फर्कदै उनले कालिनाग पाँच टुक्रा भएर मरेको देखेछन् । दिदीले भनेको कुरा ठ्याक्कै मिल्न गयो भनि सबैलाई आफ्नो दिदीको शक्तिबारे कथा सुनाएछन् । यस बेलादेखि मगर समुदायका मानिसले तिहारको महत्वलाई यसरी लिने गरेको वृद्ध बुढाथोकीले जानकारी दिनुभयो । 

कार्यक्रममा मगर समुदायमा प्रचलिन हाई मुरली हाँ, फाइलो देउसुरे नामक दुईवटा गीत गाइएका थिए ।

प्रतिक्रिया दिनुहोस