ब्ल्याकबोर्ड चलचित्र निर्माणको घोषणा

उर्गेन तामाङ

शुक्रबार, ०८ कार्तिक २०७६, १२ : ०५
ब्ल्याकबोर्ड चलचित्र निर्माणको घोषणा

चितवन । नेपाली कथानक चलचित्र ब्ल्याकबोर्ड निर्माणको घोषणा गरिएको छ । चलचित्र युनिटले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माणबारे जानकारी गराएको हो । 
बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रमा नेपाली समाजमा अभिभावकहरुले आप्mना सन्तानको हेरविचार गर्न नसक्दा उत्पन्न हुने असर र समाधानका उपायहरुको खोजी गरिने चलचित्रका निर्देशक सुलेमान शंकर (इकु) ले बताए । सुलेमान यसै चलचित्र मार्फत पहिलो पटक निर्देशकीय भूमिकामा देखिएका छन् । 
चलचित्र ब्ल्याकबोर्डमा सरोज खनाल, निर्मल शर्मा (गैंडा), सुलेमान शंकर (इकु), शिशिर भण्डारी, अंशु न्यौपाने, भेषराज गौतम, बाल कलाकारहरु दिक्पाल गौतम, जेनिश थपलिया, रक्षा कँडेल लगायतका कलाकारहरुको अभिनय रहने छ । 
सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस. फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन सापकोटा र सर्वाणि पाण्डे प्रस्तुतकर्ता रहेका छन् । चलचित्र ब्ल्याकबोर्डको कथा किरण माईकल घिमिरे र सुदिप आत्रेय लेखेका हुन् । क्रियटिभ हेडको जिम्मेवारी सशान कँडेलले सम्हालेका छन् । 
जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सम्मान कँडेल, निरभिङण घिमिरे, सुरेश कँडेल र सरला पाण्डे निर्माता रहेका छन् । सह–निर्मातामा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कँडेल रहेका छन् । चलचित्रमा किरण माइकल घिमिरेले संगीत दिने भएका छन् । 
एक महिनापछि छायांकनमा जाने चलचित्रको ९० प्रतिशत छायांकन चितवन र नवलपरासीमा र बाँकी १० प्रतिशत काठमाडौँमा हुने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस