काठमाडौँ । विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिकरूपमा वैयक्तिक विवरण माग गरिएको छ ।
विश्वविद्यालयको उपकुलपतिका लागि वैयक्तिक विवरण आह्वान गरी रोष्टर तयार गर्न लागिएको नेपालको विश्वविद्यालयको इतिहासमै पहिलो घटना हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि इच्छुकहरूले सात दिनभित्र वैयक्तिक विवरण पठाउन आह्वान गरेको छ ।
शिक्षामन्त्री तथा विश्वविद्यालयहरुका उपकुलपति सिफारिस समिति (सर्च कमिटी)का संयोजक गिरिराजमणि पोखरेलले इच्छुकहरुसँग वैयक्तिक विवरणका लागि सार्वजनिक आह्वान गरिएको जानकारी दिँदै भने, “योग्य व्यक्तिबाट आवेदन पर्नेछन् भन्ने विश्वास गरेका छौँ । त्यसका आधारमा रोष्टर बन्नेछ । त्यही रोष्टरका आधारमा उपकुलपतिका लागि नाम सिफारिस गरिनेछ । ” उनले योग्य व्यक्ति कतिपयले रोष्टरका लागि आवेदन दिन नचाहेमा आफूहरुले आवेदन दिनका लागि आग्रह गर्ने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस