भाषा, धर्म, संस्कृति र सभ्यतालाई असर पर्ने गीत उत्पादन र प्रसारण नगर्न गृह मन्त्रालयको आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १७ : ३१
भाषा, धर्म, संस्कृति र सभ्यतालाई असर पर्ने गीत उत्पादन र प्रसारण नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले सूचना प्रकाशित गरी भाषा, धर्म, संस्कृति र सभ्यतालाई असर पर्ने गीत उत्पादन र प्रसारण नगर्न आग्रह गरेको छ ।
तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र लिन गृह मन्त्रालयले सबैमा अपील गरेको छ । 
नेपाली भाषा, धर्म, संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामग्री उत्पादन तथा प्रशारण नगर्न गृह मन्त्रालयले आग्रह गरेको हो ।
भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न र त्यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यात्रामा सहजीकरण गर्न सुरक्षा निकायहरुबाट सहायता कक्ष राखिने जानकारी दिँदै कुनै गुनासो भएमा सुरक्षा निकायलाई खबर गर्न पनि अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस