‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत गाउने दुर्गेश थापा पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १२ : ५०
‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत गाउने दुर्गेश थापा पक्राउ

काठमाडौं । विवादित गीत गाउने गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । 

सोही उजुरीपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए । दुर्गेशलाई बालाजुबाट पक्राउ गरिएको हो । 

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् ।  सो कानुनविपरित हो ।

प्रतिक्रिया दिनुहोस