नैतिक शिक्षा र मैलिक संकृती आजको आवश्यकता : राष्ट्रपति भण्डारी

आइतबार, २१ माघ २०७४, १६ : २०
नैतिक शिक्षा र मैलिक संकृती आजको आवश्यकता : राष्ट्रपति भण्डारी

चितवन / राष्ट्रपति विद्यादेवि भण्डारीले सु संकृति समाज निमार्ण गर्न नैतिक शिक्षा र चेतनाको खाचो रहेको बताउनुभएको छ । सभ्य ,सु संकृत र चेतनशिल नागरिकबाट राष्ट्र र राष्ट्रियको सम्बर्धन गर्न सकिने भन्दै उहाँले  समाजलाई नैतिक र चरित्रवान बनाउन सके देश प्रेमको भावना जागृत गराउन मद्धत पुग्ने बताउनभयो । 

पवित्र तिर्थ स्थल देवघाटमा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशको कुना कुनासम्म यस्तो चेतना पुर्याउन ज्ञानीहरु अग्रसर हुनुपर्ने बताउनुभयो । ग्लोश्वर आश्रमले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रति प्रशंसा गर्नुभयो । राष्ट्रपति भण्डारीले ग्लेश्वर आश्रम र शिव पञ्चायन मन्दिरको उद्घाटन गर्नुभयो । उहाँले भन्नुभयो,“लामो राजनीतिक संक्रमणकाल अन्त्य हुदै मुलुक समृद्धिको दिशमा अघि बढेको छ । देशको स्रोत र साधानको दिगो र अधिकतम परिचालन गरेर अर्थतन्त्रलाई सदृढ बनाउनुपर्छ ।” पर्यटन विकास नेपाली अर्थतन्त्रको महत्वपुर्ण पक्ष भएकाले संकृतिक पर्यटकीय गन्तव्यको विकास गर्नु पर्नेमा जोड दिनुभयो । 

तनहँ ,नवलपुर र चितवन जिल्लाको संगम स्थलको रुपमा रहेको देवघाटधामलाई भैतिक पुर्वधार समितको अति आर्कषक ,संकृतिक पर्यटकीय गन्तव्यको रुपमा विकासत गर्दै धार्मिक केन्द्रको रुपमा प्रवर्धन गर्नुपर्ने औल्याउनुभयो । ग्लेश्वर आश्रम लगाएतका सस्थाले पुर्वीय दर्शनको महत्वपुर्ण आधारको रुपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गरी बैदिक बाङमयको संरक्षण एवं सुखी र अन्नत समाज सिर्जना गर्दै मैलिक संकृतिलाई कायम गर्न कठिबद्ध हुनुपर्ने उहाँको भनाई थियो ।

फागुन २ गतेसम्म चल्ने महायज्ञमा विभिन्न अनुष्ठान हुनेछन् । अतिरुद्री, लक्ष्यहवन, १०८ श्रीमद्भागवत महापुराण, शिवपुराण लगायतका महत्वपूर्ण अनुष्ठान हुने आयोजकले जानकारी दिएको छ । महायज्ञबाट संकलन भएको रकम गलेश्वर आश्रमले निर्मित गरेका वेद वेदाङ् विद्यालयको स्तरोन्नति, स्थायी अन्न क्षेत्रको सुदृढिकरण, अति बृद्ध बृद्धाहरुको सेवा केन्द्र स्थापना, देवघाटधाम धर्मार्थ अस्पतालको सेवा विस्तार र नवनिर्मित शिवालय मन्दिरको नित्य पुजा गर्ने कोषको स्थापनामा खर्च गरिने आयोजकको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस