ललिता निवास प्रकरण : गच्छदार पनि छानबिनमा तानिए

पत्रपत्रिकाबाट

सोमबार, ०४ कार्तिक २०७६, ०७ : २२
ललिता निवास प्रकरण : गच्छदार पनि छानबिनमा तानिए

काठमाडौं । काँग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन् । 
उक्त जग्गा जोडिएका सबैजसो व्यतिmसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारलाई समेत बोलाएर बयान लिने निष्कर्षमा पुगेको हो । 
गच्छदारले उप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री हुँदा विवादित प्रतावमाथि निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस