युनिक स्टाइलमा देखिएका रणविरलाई फ्यानले उडाए मजाक

आइतबार, ०३ कार्तिक २०७६, १५ : ३५
युनिक स्टाइलमा देखिएका रणविरलाई फ्यानले उडाए मजाक

मुम्बई । बलिउड स्टार रणवीर सिंह अक्सर युनिक स्टाइलमा देखिने गर्दछन् । जसको कारण सोशल मिडियामा उनको चर्चा हुने गर्दछ । 
कयौ पटक उनले बनाएको स्टाइलिस लुकले फ्यान हैरान भएका छन् । उका त्यस्ता लुक मध्य धेरै फ्यानले मन पराएका पनि छन् ।
तर कहिले कहिले उनी यस्ता लुकका कारण सोयल मिडियामा ट्रोलको सिकार समेत बन्ने गरेका छन् । 

हालै रणवीर सिंहको केही तस्बिर सार्वजनिक भएका छन् । जसमा उनी अचम्मको फेसनमा देखिएका छन् । जुन तस्बिर सोशल मिडियामा भाइरल बन्न पुगेको छ । 
तस्बिर देखेर फ्यानले बिभिन्न कमेन्ट गरिरहेका छन् । तस्बिर उनकै एक कार्यक्रमकै भनिएको छ । जसमा उनको साथमा स्कुलले साथी सिमोन पनि छिन् ।

तस्बिरमा रणवीरले चम्किलो कलरको ज्याकेट, टाउजर र आँखामा कालो चस्मा लगायएका छन् । तस्बिर देखेर फ्यानले सोसल मिडियामा उनको मजाक उडाइरहेका छन् ।
रणवीरको यो लुक्सलाई एक फ्यानले लेखका छन् ‘ए बाबाका लुक है । ’ अर्का एक फ्यानले लेखेका छन् ‘ रोकिङ वीर ।’ त्यस्तै, केही फ्यानले ‘कार्टुन नेटवर्क’ समेत भनेर उडाएका छन् ।

प्रतिक्रिया दिनुहोस