काठमाडौं । ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो । केही वर्षयता मूल्य भने स्थिर थियो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवा व्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन् । उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन् ।
राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ । त्यससँगै यस्ता ऋणहरू सदाबहार हुने सम्भावना टर्दै गएको छ ।
विश्वव्यापी रूपमै घरजग्गा कारोबार खुम्चिन थालेको छ । नेपालका पनि प्रमुख सहरमा घरजग्गाको मूल्य संतृप्तिमा पुगेको विश्लेषक बताउँछन् । घरजग्गाको मूल्य सस्तिन सक्ने आईएमई समूहका बजार विश्लेषक प्रकाश तिवारी बताउँछन् । उनका अनुसार तीन वर्षदेखि चुलिएको व्याजदर, बैंकमा ऋण दिने पैसा अभाव र सेयर बजारजस्ता पुँजीगत लाभ आर्जन गर्ने सट्टेबजारको निराशाजनक अवस्थाले प्रभाव पार्न सक्छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०३ कार्तिक २०७६, ०८ : २४
लेखकबाट थप