काठमाडौं । बालबालिकालाई दिइने ४७ लाख खोपको मात्रा खेर गएको पाइएको छ । पछिल्लो एक वर्षमा ४६ लाख ३७ हजार २२ मात्रा (डोज) खेर गएको देखिएको छ । जसकारण सरकारले करोडौं रुपैंया घाटा व्यहोर्नुपरेको छ । खोपको डोज खोलिसके पश्चात निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारण खेर जाने दर बढेको पाइएको छ ।
जसअन्तर्गत बीसीजी खोप १९ लाख पाँच हजार पाँच सय १६ डोज, डिपीटि चार लाख ३१ हजार सात सय २४ डोज, दादुरा रुवेला आठ लाख ७७ हजार पाँच सय २ डोज, पोलीयो ओपीभि चार लाख ५५ हजार ६ सय १, जे.ई. तीन लाख ८९ हजार तीन सय ५९ डोज, टिडी तीन लाख ८९ हजार तीन सय ४३ डोज, पिसीभि एक लाख ८७ हजार आठ सय ८० डोज खेर गएको देखिएको छ । स्वास्थ्य सेवा विभागले निःशुल्क रुपमा बालबालिकालाई उपलब्ध गराउँदै आएको खोप खेर गएपनि प्रभावकारी अनुगमन हुन सकेको छैन् ।
वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा अत्यधिक खेर गएको भएपनि सरकारले त्यसको उचित प्रयोग गर्न नसकेको पाइएको छ । खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजानेगरी प्रयोगमा ल्याउन सरोकारवालाले सुझाव दिएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०३ कार्तिक २०७६, ०७ : २५
लेखकबाट थप