राजावादी नायिका सुष्मा !

पत्रपत्रिकाबाट

शनिबार, ०२ कार्तिक २०७६, २० : ५०
राजावादी नायिका सुष्मा !

काठमाडौं । अभिनेत्री सुष्मा कार्कीको पूर्व राजपरिवारसँगको मोह बेलाबखत देखिएकै हो। कहिले पारससँग देखिन्छिन् यी, कहिले पूर्व राजपरिवारका सदस्यसँग !

यसपालि दसैंमा भने उनी पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउँदै गरेको देखियो। लाइनमै बसेर उनले ज्ञानेन्द्रबाट दसैंमा आशीष थापिन्। पूर्वराजा ज्ञानेन्द्रको हातबाट टीका थाप्दा उनी निकै हर्षित देखिएकी थिइन्।

ज्ञानेन्द्रको हातबाट टीका लगाउँदै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै लेखिन् ‘राजा’। कुनै समय ठिकठिकै चलेको शुष्माको करिअर अहिले रिटायर्डझैँ भइसक्यो अर्थात् पूर्व अभिनेत्री समान। पूर्व अभिनेत्रीमा पलाएको पूर्व राजाको सम्मान हेर्न लायक हुने नै भयो। शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस