रियालिटी चेकः ओभर कन्फिडेन्टले डुबे प्रतियोगी

पत्रपत्रिकाबाट

शनिबार, ०२ कार्तिक २०७६, २० : १५
रियालिटी चेकः ओभर कन्फिडेन्टले डुबे प्रतियोगी

काठमाडौं । यो हप्ता ‘भ्वाइस अफ नेपाल’को ब्याटल राउन्डको १७ औं र १८ औं एपिसोड सक्कियो। दुवै राउन्डबाट चारै जना कोचले २–२ जना प्रतियोगीलाई नकआउट राउन्डका लागि छनोट गरे भने आठ जना प्रतियोगीमध्ये सात जना बाहिरिए। एक जना प्रतियोगीलाई कोच आस्थाले स्टिल पावर प्रयोग गरेर जोगाइन्।

दुवै एपिसोडमा अभ्यासको क्रममा कन्फिडेन्ट देखिएका प्रतियोगीले गाउँदा बिगार्न पुग्दा बाहिरिनुप-यो। अभ्यासमा अलि कमजोर देखिएका प्रतियोगीले बरु स्टेजमा सुधारेर बाजी मारे।

एपिसोड १७ को प्रारम्भमा कोच राजुको टिमबाट सनीश श्रेष्ठ र शशिका सुनारबीच टक्कर परेको थियो। दुवैले ‘ए है मीठो तिम्रो’ बोलको गीत पाएका थिए। अभ्यासमा जनराभन्दा अलग गीत परेको भन्दै सनीश डराएका थिए भने शशिका आफ्नै जनराको भनेर मक्ख थिइन्। दुवैले मज्जाले गीत गाए तर कोच राजुको नजरमा सनीश परे।

स्टेजमै शशिकाको आँशु झ-यो। उनी राम्ररी बोल्न पनि सकेकी थिइनन्। प्रतियोगिताबाट बाहिरिने पक्कापक्की भइसकेको थियो, कोच आस्थाले स्टिल अधिकार प्रयोग गरेर उनलाई राजुको टिमबाट आफ्नो टिममा ल्याइन्।

कोच दीपले अंकित बस्नेत र सुनील लोहालालाई ब्याटलमा उतारे, ‘भन के छ बन्दोबस्त’ बोलको गीतमा। लोहाला क्लासिकल ब्याकग्राउन्डबाट आएका गायक थिए। तर स्टेजमा दुवैको प्रस्तुति चित्तबुझ्दो भएन। कोचले बिगारेकामध्ये कम बिगारेको आधारमा अंकितलाई छाने।

कोच आस्थाको टिममा रहेका भारतको आसामबाट आएका प्रतियोगी राजीव सोनार र नेपालका एजेश पौडेल ब्याटलमा उत्रिए। दुवैको भागमा ‘वीरताको चिनो’ बोलको गीत प-यो। ब्याटलमा एजेश पछारिए।

ब्लाइन्ड राउन्डमा कच्चा पारा देखाएर आलोचना खेपेकी कोच आस्थाले ब्याटलमा निकै राम्रो कोचिङ गरेको देखियो। कोच दीपले समेत उनको कोचिङको प्रशंसा गरे।

कोच प्रमोदको टिमबाट ब्याटलमा उत्रिएका प्रवेश खतिवडा र दार्जिलिङबाट आएकी विमोचना लोप्चनले ‘पारि वनको पखेरीमा सानु’ बोलको गीत गाएकी थिइन्। दार्जिलिङबाट आएकी विमोचनालाई शब्द उच्चारणमा निकै सकस भइरहेको थियो अभ्यासमा तर स्टेजमा उत्रँदा उनी  खरो देखिइन् र नकआउट राउन्डमा पुगिन्। शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस