भिटेन र प्रकाश सपुतले नारायणगढ तताउने

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १२ : २८
भिटेन र प्रकाश सपुतले नारायणगढ तताउने

चितवन । चर्चित र्यापर भिटेन (समिर घिसिङ) र लोकदोहोरी गायक प्रकाश सपुतले कार्तिक १ गते नारायणगढ तताउने भएका छन् । सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा लि र पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिको आयोजनामा हुने सुरताल म्युजिकल टुर २०७६ का क्रममा उनीहरुले नारायणगढमा सांगीतिक प्रस्तुति दिने भएका हुन् ।
आयोजकले नारायणगढमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । म्युजिकल टुरमा चर्चित र्यापर भिटेन (समिर घिसिङ), लोकदोहोरी गायक प्रकाश सपुत, विक्रम बराल, आर के स्क्वायर लगायत अन्य धेरै कलाकारहरुको प्रस्तुति रहने सुरताल इभेन्ट प्रालिका प्रबन्ध निर्देशक प्रशान्त सुनारले बताए । साँझ ६ बजेदेखि ९ बजेसम्म चल्ने कन्सर्ट हेर्नका लागि २ सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । 
नारायणगढको नारायणी नदी किनारमा हुने म्युजिकल टुरको सम्पुर्ण व्यवस्थापनको जिम्मा मण्डला नेपाल इभेन्टले लिएको छ । कार्यक्रममा करिब ६ हजार दर्शकले मज्जा लिने प्रालिका प्रवन्ध निर्देशक मनोज घिमिरेले बताए । नेपालका विभिन्न ९ वटा ठुला सहरहरुमा आयोजना गरिएको म्युजिकल टुर ६ सहरमा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस